अमेरिकामा १५ वर्षपछि पहिलोपटक गोली हानेर दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिनामा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई फायरिङ स्क्वाडद्वारा गोली हानी मारिएको छ । ६७ वर्षीय ब्रेड सिगमोनलाई शुक्रबार फायरिङ स्क्वाडले मृत्युदण्ड दिएको हो ।

सिगमोन आफ्नी पूर्व प्रेमिकाका आमा-बुबाको हत्यामा दोषी ठहरिएका थिए । सन् २००१ मा उनले बेसबल ब्याट प्रयोग गरी ती दम्पतीको हत्या गरेका थिए, जसपछि उनले आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्न खोजेका थिए ।

उनले मृत्युदण्डको लागि आफैं फायरिङ स्क्वाड रोजेका थिए । यो घटना पछिल्लो १५ वर्षयता पहिलोपटक कसैलाई यस विधिद्वारा मृत्युदण्ड दिइएको उदाहरण हो ।

अमेरिकामा मृत्युदण्ड पाएका अपराधीलाई तीन विकल्प दिइन्छ- घातक इन्जेक्सन, इलेक्ट्रिक कुर्सी, वा फायरिङ स्क्वाड । सिगमोनले तेस्रो विकल्प रोज्दै गोली हानी मृत्युदण्ड स्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =