दक्षिण कोरिया : अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा ७ जना घाइते
२०८१ फागुन २३ गते

काठमाडौं । दक्षिण कोरियाली वायुसेनाले बिहीवार प्रत्यक्ष-फायर अभ्यासको क्रममा दक्षिण कोरियाको नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर-कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष-फायर रेन्ज बाहिर केएफ-१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके-८२ बम प्रहार गरेको थियो ।
सञ्चार माध्यमहरूका अनुसार उक्त घटनामा सात जना नागरिक घरहरू ध्वस्त भएका छन् । जसमा चार जना गम्भीर घाइते भएका छन् । अन्य तीन जना सामान्य घाइते भएका छन् ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








