स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । हृदयघात भएपछि गत आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । उनी चार दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वास्थ्यमा सुधार आएसंगै बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले बताए । पूर्वयुवराजको उपचारमा डाक्टर यादव भट्ट नेतृत्वको टोली संलग्न थियो । शाहलाई चौथो पटक हृदयाघात भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =