रिंकु मृत्यु प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ

काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले बताए ।

माघ ३० गते रिंकु आफ्नो घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । २७ गते राति शौच जानु अगाडि रिंकुमाथि तीन जना छिमेकीहरूले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । उक्त घटना पछि, गाउँमा पञ्चायत बसेर मिलापत्र गर्ने प्रयास गरिएको थियो ।

रिंकु सदायको मृत्यु प्रकरण : पञ्चायतमा मिलापत्र गर्ने तीन जना पक्राउ

पञ्चायतले पीडकलाई एक लाख ४० हजार रुपैयाँ जरिवाना भराउन र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =