प्रतिनिधि सभा बैठक : कुलमानको चर्चा देखी केपी ओली कपमा दर्शक कुट्नेलाई कारबाही मागसम्म

काठमाडौं । बुधवारको प्रतिनिधि सभा बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । सरकारले घिसिङलाई हटाउन खोजेपछि आज प्रतिपक्षी दलहरुले कुलमानलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिनेमात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै सदनमार्फत सरकारको जवाफ मागे । उनले सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरे ।

‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिएको भनेको सुनिएको छ यो कुरा के हो रु’, पाण्डेले भने– ‘जसले राम्रो काम गरेको छ । निरन्तर विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो रु’

प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पदबाट हटाए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले कुलमानलाई हटाएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको उनले बताए ।

त्यस्तै रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै असन्तुष्टि जनाए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =