आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छ : सांसद घिमिरे

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरू सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरू सम्पन्न हुन नसकेको बताए । उनले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरू सम्पन्न हुन नसकेको बताए ।

उनले भने ‘बजेट बनाउने बेला हुँदै छ । बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरू थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो । अब यसले चाहिँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ । तर कुनैपनि योजनाहरू सम्पन्न भएका छैन । त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उनले थालिएका योजनाहरू सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =