फागुन २१ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. फागुन २१, २०८१ । ई.सं. 05 Mar, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व । कालयुक्त उत्तरायण शिशिर । बुधबार फाल्गुण शुक्लपक्ष । तिथि षष्ठी १७:३९ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र भरणी ०७:१६ बजेसम्म, त्यसपछी कृत्तिका ०८:१६बजेसम्म, त्यसपछी रोहिणी । योग ऐन्द्र ०६:३७ बजेसम्म, त्यसपछी वैधृति ०३:३७ बजेसम्म, त्यसपछी विष्कम्भ । करण कौलव ०६:४७ बजेसम्म, त्यसपछी गर १७:३९ बजेसम्म, त्यसपछी वव ०४:२३ बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि मेष । आनन्दादि योग काण । दिनमान ११:४० । सूर्योदय ६:२६ । सूर्यास्त १८:०६ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा हतारमा आएर निर्णय नलिनुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहरूको भनेजस्तो साथ सहयोग नमिल्ला। सन्तानको शिक्षालाई लिएर चिन्ता रहनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पराक्रम वा धैर्यमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। सामाजिक जमघटमा आफूलाई चिनाउन सकिनेछ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा आफन्तहरूको जमघटले मन प्रशन्न रहनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ होला। नोकरी वा पेशामा हजुरको कार्यमा अरुले हस्तक्षेप गर्न सक्लान्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तानको प्रगतिलाई लिएर मन आनन्दित रहनेछ। संवेदनशील निर्णयहरूमा आफन्तहरूको सहयोग लिनुहोला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रको कार्य ढिलो हुनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार विस्तारको लागि थप लगानी लगाउने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चको योग छ। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा मन जानेछ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धिको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग गाढा बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। योग र आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। दिगो योजना प्रारम्भ गर्नको लागि कठोर निर्णय लिएर कार्य गर्नुपर्ला। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला। कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =