…अनि खोसे अध्यक्षले उपाध्यक्ष र वडाध्यक्षको सवारीको चाबी
२०८१ फागुन २० गते

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र एक जना वडाध्यक्षको गाडीको चाबी खोसेका छन्।
आफूले अघि सारेको प्रस्तावमा असहमति जनाएको भन्दै अध्यक्ष माझीले उनीहरुको गाडीको चाबी खोसेका हुन् । उनले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको मोटरसाइकलको चाबी खोसेका हुन् ।
मंगलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन्।
बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा एमाले र कांग्रेसका जनप्रतिनिधिले असहमति जनाएका थिए। माझी गत मंसिरको उपनिर्वाचनबाट माओवादी केन्द्रबाट उमेदवार बनेर अध्यक्ष जितेका थिए।
२०८१ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








