धुर्मुस-सुन्तलीलाई अख्तियारले दियो ‘क्लिन चिट’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संकलित रकम दुरुपयोग नगरेको भन्दै कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सफाइ दिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष र उपाध्यक्ष कट्टेल र घिमिरेलाई अख्तियारतको कार्यालयले ‘क्लिन चिट’ दिएको हो । प्राप्त सहयोगलाई फाउन्डेसनले प्रक्रियागत रूपमा नै खर्च गरेको अख्तियारले बताएको छ ।
देश-विदेशमा रहेका नेपालीहरु एवं सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाएको र त्यसको दुरुपयोग गरिएको भन्दै तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी हालेका थिए ।
अख्तियारको भने तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै अनियमितता नभएको देखाएको छ । फाउन्डेसनले रकम दुरुपयोग गरेको प्रमाण नभेटिएको अख्तियारको कार्यालयले जनाएको छ ।








