विवाहेत्तर सम्बन्धमा थिए एउटै डोरीमा झुन्डिएका युवा–युवती

काठमाडौं । मोरङमा एउटै रुखमा झुन्डिएको अवस्थामा युवा–युवतीको शव फेला परेको छ ।

जिल्लाको पथरीशनिश्चरेको मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एउटै रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।

मृत भेटिएका युवा–युवती नै विवाहित हुन् । मृतक युवतीको विवाह भने मोरङको कटरी गाउँपालिकामा विवाह भएको थियो ।

मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन् ।

उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =