फागुन १९ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
फागुन १९, २०८१ ई.सं. 03 Mar, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ चिल्लाथ्व कालयुक्त उत्तरायण शिशिर सोमबार फाल्गुण शुक्लपक्ष तिथि चतुर्थी २२:२० बजेसम्म, त्यसपछी पञ्चमी नक्षत्र रेवती १०:३४ बजेसम्म, त्यसपछी अश्विनी योग शुक्ल १२:५२ बजेसम्म, त्यसपछी ब्रह्म करण वणिज ११:३२ बजेसम्म, त्यसपछी भद्रा २२:२०बजेसम्म, त्यसपछी वव चन्द्रराशि मीन आनन्दादि योग मातंग दिनमान ११:३७ सूर्योदय ६:२८ सूर्यास्त १८:०५ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। पौष्टिक आहारको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ऊर्जावान महसुस गर्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइएला। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरुलाई उच्च शिक्षाका नयाँ अवसर मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अर्थभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ। आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सेवा गर्ने भाव जागृत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा विरोधी तत्त्वहरू सक्रिय रहनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सबल हुनेछन्। प्रेम सम्बन्ध छ भने विवाहका कुरा अगाडि बढाउन सक्नुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा वरिष्ठजनहरुको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आसमर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। पायक स्थानमा यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। घरको साज सजावटमा धन खर्च होला। आध्यात्म र विज्ञानमा दुवैमा रूचि उत्पन्न हुनेछ। आटेको कार्य सम्पादन गर्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कार्य बन्नेछन्। रुचिको कार्यमा मन जानेछ। घरपरिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कले भविष्यमा लाभ मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =