नागरिक स्वतन्त्रताको सुनिचिश्तता गर्न गृह संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्तिता गर्न कानून कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताए ।

जनताले अनुभुत गर्नेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भिर भएर काम गरिरहेको उनको भनाइ छ । उनले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गरे ।

उनले भने,‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको छ । नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभुत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्नेगरी कानून कार्यान्वयमा गृह मन्त्रालयका संयन्त्रहरु निश्पक्ष रुपमा परिचालन गरिएको छ । स्रोत र साधनको सिमितताको बीच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको होला । तरपनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरि जनताले अनुभुत हुनेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भिर र संवेदनशील ढंगबाट काम गरिरहेको छ ।’

उनले मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =