सरकारले हटाउन खोजेपछि कुलमानको पक्षमा प्रदर्शन (तस्बिरहरु)
कुलमान हाम्रा सारा हुन्, उज्यालोका तारा हुन् भन्दै सडकमा ओर्लिए जनता
२०८१ फागुन १५ गते

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेपछि प्रदर्शन गरिएको छ । बिहीबार माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा बोल्दै सरकारलाई खबरदारी स्वरुप प्रदर्शन गरिएको हो ।
कुलमान हाम्रा सारा हुन् उज्यालोका तारा हुन् भन्दै जनता सडकमा ओर्लिएका हुन् । घिसिङलाई पदबाट हटाउने सरकारको योजना भने सफल हुन सकिरहेको छैन ।

२०८१ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








