पशुपति क्षेत्रमा भिडभाडको मौका पारी सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने पक्राउ

काठमाडौं । पशुपति क्षेत्रमा भिडभाडको मौका पारी आपराधिक कार्यमा संलग्न हुने ७५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराका अनुसार विभिन्न क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

बोहोराका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा संलग्न छन् । अन्य केहीले शिवरात्रिमा दर्शनका लागि आएका भक्तजनको सिक्रीसहितका सामान लुटपाट गरेको पाइएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने भएको छ ।

शिवरात्रिमा सुरक्षाका लागि पशुपति क्षेत्र र आसपासका नाकामा करिब ४ हजार जना सशस्त्र र जनपथ प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =