प्रधानमन्त्रीको विरोध गर्ने सुचना पाएपछि चार जना समातिए
२०८१ फागुन १३ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको छ ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा मंगलबार नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन कार्यक्रममा विरोध गर्ने आशंकामा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए ।
कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए । प्रधानमन्त्री ओलीले नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरिसकेका छन् ।
कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी थिए ।
२०८१ फागुन १३ गते
प्रतिक्रिया








