काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस धुलिखेलमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको एक बस आज बिहान धुलिखेलमा दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका-१०, सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटनामा परेको हो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेकाअनुसार बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० बजेतिर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो । बसमा कुल २४ जना सवार थिए, जसमा बस चालक र सहचालकसहित १७ जना घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको हायक हवलदार रुद्र लामिछानेले बताए । उनकाअनुसार चालक र सहचालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरूको पहिचान हालसम्म गरिएको छैन ।

दुर्घटनामा परेको बस सडकमै रहेकोले राजमार्गको एकतर्फी सञ्चालन भइरहेको छ । बस रामेछापको धोबी र ढाँडे हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =