‘गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले कानुनी मान्यता दिनु हुँदैन’

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले कानुनी मान्यता दिन नहुने बताएकी छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरूलाई समेत आवश्यक कारबाही गरिनुपर्ने बताइन् । तत्कालीन काँग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजताका लागि भन्दै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको भएपनि अहिले कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।

उनले भनिन् ‘फ्रि भिसा, फ्रि टिकेटको प्रावधान नेपाली काँग्रेसको सरकार हुँदा नै सुरु भएको हो । त्यो श्रमिकहरूको लागि राम्रो पक्ष थियो । तर अहिले वैदेशिक रोजगार व्यवसायीहरूले त्यसलाई लागु गर्न सक्दैनौँ भनेर अस्वीकार गर्नुभयो । जुन उद्देश्यबाट त्यो ल्याइएको थियो त्यो श्रमिकको हितमा थियो । तर त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकेको अवस्था छैन । अहिले भिजिट भिसाको नाममा नेपालबाट इलिगल रूपमा पठाउने कामहरु समेत भइरहेका छन् । त्यसरी गएकाहरूलाई पनि सरकारले लिगल लाइसेन्स दिन लागेको कि भन्ने मेरो चासो हो । त्यो लिगल लाइसेन्स चाहिँ दिनु हुँदैन । यसरी भिजिट भिसाको नाममा इलिगल बाटोबाट पठाउने वैदेशिक रोजगार कम्पनीहरूलाई कारबाही पनि गरिनुपर्छ ।’

उनले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानूनी रूपमा गएकाहरूलाई कानुनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =