ललितपुरको सुनाकोटीस्थित सिभिल होम्समा आगलागी
२०८१ फागुन ११ गते

काठमाडौं । ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको छ । घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।
आइतबार बिहान भएको आगलागी निभाउने प्रयास भइरहेको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । उनकाअनुसार ललितपुर महानगरपालिकाकोसहित दुई दमकल र नेपाल प्रहरी, नगर प्रहरीलगायतको टोली आगो निभाउन खटिएका छन् । आगो लगभग नियन्त्रणमा आइसकेको छ ।
२०८१ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








