महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

काठमडौं । भारतको प्रयागराजमा लागेको महाकुम्भमेलाबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना भएको हो । दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । सोही ठाउँकै परिचय नखुलेकबा थप एक जनाको पनि मृत्यु भएको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =