चन्द्र भण्डारीको चिन्ता- ‘नेपालीहरू अनागरिक बन्दैछन्, सरकार गम्भीर बनोस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरू दिनप्रतिदिन अनागरिक बन्दै गएको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारलाई नागरिकहरूको भविष्यबारे गम्भीर बन्न आग्रह गरेका छन् ।

सांसद भण्डारीका अनुसार, नेपालीहरू पैसा कमाउने लोभ, विदेश जाने होडबाजी र मानव बेचबिखन गर्ने दलालहरूको फन्दामा परेर अनागरिक बन्ने दिशातर्फ उन्मुख छन् । यस्तो प्रवृत्तिलाई रोक्न सरकारको जिम्मेवारी रहेको उनको तर्क छ । उनले लेखेका छन्, ‘सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !’

उनले सरकारको जिम्मेवारी नागरिकलाई विदेशमा जबर्जस्ती डिपोर्ट गरिनुपर्ने स्थितिमा पुर्‍याउनु होइन, बरु देशमै सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना गर्नु रहेको बताए । ‘हामी सबै मिलेर दुःख गरेर सुख खोज्नुपर्छ, आफ्नो देश बनाउनुपर्छ। हामीले गरे नहुने के छ ?’ भनी उनले भनेका छन् ।

उनको भनाइले देशभित्र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र जनतालाई स्वदेशमै सम्मानजनक जीवन जिउने वातावरण उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व हो भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =