फागुन १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं फागुन १०, २०८१ ई.सं. 22 Feb, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ सिल्लागा कालयुक्त उत्तरायण शिशिर शनिबार फाल्गुण कृष्णपक्ष तिथि नवमी ०९:४८ बजेसम्म, त्यसपछी दशमी नक्षत्र ज्येष्ठा १४:४१ बजेसम्म, त्यसपछी मूल योग हर्षण ०९:२४ बजेसम्म, त्यसपछी वज्र करण गर ०९:४८ बजेसम्म, त्यसपछी वणिज २२:१४बजेसम्म, त्यसपछी भद्रा चन्द्रराशि वृश्चिक आनन्दादि योग मुसल दिनमान ११:२२ सूर्योदय ६:३७ सूर्यास्त १७:५९ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष सबल रहनुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। स्वास्थ्यले साथ दिनेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रशासनिक पक्षबाट कार्य समयमा सम्पादन गर्न अप्ठ्यारो होला। आर्थिक पक्ष सबल रहनुको साथै व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आज कसैसँग पैसाको लेनदेन नगर्नुहोला। झिनामिना कुराहरूबाट तर्किनु नै उचित रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय र परिस्थितिलाई विचार गरेर कार्य गर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घरमा शुभ वा मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) योग र अध्यात्ममा रुचि बढ्नेछ। व्यवहारमा कठोरताले समस्या निम्त्याउन सक्ला। पैतृक सम्पत्तिको वादविवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। रोकिएको पैसा फिर्ता मिल्न सक्छ, प्रयास गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ। भ्रमणको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। सपना साकार गर्नको लागि कठिन मेहनत गर्नुपर्ने हुन्छ। अधिकारीहरूबाट गरिएको कार्यको प्रशंसा मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आत्मविश्वासको साथमा कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। गाह्रो समयमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रचनात्मक कार्यबाट विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा मनमुटाव बढ्नाले कार्यक्षेत्रमा बाधा आउनेछ। सन्तानको सहयोग लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कार्यमा सोचे जस्तै सफलता मिल्नेछ। कमजोरी सुधार्न केही काम दोहोर्‍याउनु पर्ला। व्यापार व्यवसायमा जोखिम लिन देखि बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =