घट्यो अण्डाको मूल्य
२०८१ फागुन ९ गते

काठमाडौं । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघको बिहीबार बसेको बैठकले अण्डाको भाउ घटाउने निर्णय गरेको हो ।
नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अण्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको संघका अध्यक्ष विनोद पोखरेलले बताए ।
संघले प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स-एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।
अस्वस्थ प्रतिस्पर्धा भएपछि मूल्य घटाइएको हो ।
२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








