प्रधानमन्त्रीलाई बालेन शाहको प्रश्न- नेपालीको स्वाभिमान कहिले जोगिन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली नागरिकका लागि सम्मानजनक जीवनयापनको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै मेयर शाहले विदेशी राष्ट्रहरूले नेपाललाई हेप्ने गरेकोप्रति गम्भीर चिन्ता व्यक्त ग रे। उनले आफू मेयरभन्दा पहिले एक नेपाली नागरिक भएको उल्लेख गर्दै, देशभित्रै स्वाभिमानपूर्वक बाँच्न सक्ने वातावरण तयार गर्न सरकारलाई अपील गरेका छन् ।
उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले हामीलाई गन्दैन। मलाई मेयर भनेर नहेरिदिनुहोस्, तर कृपया नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’
यसअघि उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई तीखो जवाफ दिएका थिए । नेपाललाई प्रदान गरिने अमेरिकी अनुदानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै शाहले अमेरिकी नागरिकहरूलाई अल्छी’ भएको बताएका छन् ।








