किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ
२०८१ फागुन ८ गते

खोटाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वराहपोखरी गाउँपालिका–३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








