रास्वपाले बोलायो सचिवालयको बैठक
२०८१ फागुन ८ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक आज बस्ने भएको छ ।
पार्टी कार्यालय वनस्थलीमा आज दिउँसो २ बजे बस्ने गरि बैठक बोलाइएको हो ।
बैठकमा विभिन्न ४ विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरू, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध विषयमा छलफल हुने उनले बताए ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया








