मह जोडीको स्पष्टिकरण- हामीले धर्मको विरोध गरेका छैनौँ (भिडिओ)

काठमाडौं । नेपालका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्ट पारेका छन् । आज एक भिडिओ सन्देश जारी गर्दै उनीहरूले अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् ।

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भन्ने झूटो प्रचारले आफूहरू अत्यन्तै दुःखी भएको उल्लेख गर्दै, शुभचिन्तकहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्। आचार्यले हाल आफूहरू चलचित्र निर्माणमा संलग्न रहेको उल्लेख गर्दै, यस्तो समयमै यस्ता भ्रामक अफवाह फैलाइँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार, आफूहरूले गरेका सबै कामहरू युट्युबमा उपलब्ध रहेको र ती सामग्रीहरू हेरेपछि पनि आफूहरूमाथि निराधार आरोप लगाइरहेको स्पष्ट हुने जिकिर गरेका छन् । उनीहरूले सत्यतथ्य बुझी मात्रै धारणा बनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =