बलिदानले रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
२०८१ फागुन ७ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन् । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका छन् ।
‘फागुन ७ गते । आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरूद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत सहिदहरूको स्मरण पनि गरेका छन् ।
२०८१ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








