पूर्वराजा ज्ञानेन्द्रको सन्देश : अब सबैले हामीलाई साथ दिने समय आयो [भिडियो]
२०८१ फागुन ६ गते
![पूर्वराजा ज्ञानेन्द्रको सन्देश : अब सबैले हामीलाई साथ दिने समय आयो [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/Gyanendra-shaha.jpg)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्नका लागि आफूहरुलाई साथ दिन सबैमा आग्रह गरेका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जरी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो आग्रह गरेका हुन् । राष्ट्रको हितका लागि आफूले त्याग गरेको, तर यो त्यागलाई कमजोरी नसम्झिन उनले सुझाव समेत दिए ।
उनले भने,‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्छौं ।’
उनले विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्नुपर्ने बताए । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुन आवश्यक रहेको समेत उनले बताए ।
२०८१ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








