काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला,सेनाको टोलीले गर्यो डिस्पोज
२०८१ फागुन ६ गते

काठमाडौं । काठमाडौंस्थित त्रिपुरेश्वरमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ । राति करिब साढे ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।
२०८१ फागुन ६ गते
प्रतिक्रिया








