हामीलाई स्कुलको चौकीदारले पनि हेप्न थाले : मनिष झा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे बोल्दै उनले सरकारको आलोचना गरेका हुन् ।
उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताए ।
उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए । ‘हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए । र तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए’ उनले भने ।
उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताए । उनले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताए ।
‘हामी दुई तिहाईको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रैनछ । कता के कन्फिडेन्स छैन,’ उनले भने, ‘हाम्रो सेवामा सुधार केही पनि छैन । विदेशी देशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतैपनि छैन । हाम्रो संरचना नै पुनर्निर्माण गर्नुपर्छ कि भन्ने प्रश्ताव गर्न चाहन्छु ।’








