भारतमा नेपाली छात्राको शंकास्पद मृत्यु
२०८१ फागुन ५ गते

फाइल फाेटाे
काठमाडौं । भारतमा नेपाली एक जना नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएकी छन् ।
भारतको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
उनी ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टेलमा मृत अवस्थामा भेटिएकी हुन् ।
लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
२०८१ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








