खोटाङ आगलागी घटना : तीन घर जले,१६ करोड बराबरको क्षति भएको अनुमान

२०८१ फागुन ४ गते

खोटाङ । खोटाङको हलेसी बजारको तीन वटा घरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरबकाट आगलागी सुरु भएको थियो ।
आगलागीबाट तीन वटा घर पूर्ण रुपमा जलेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले मकालुखबरलाई बताइन् ।
उनका अनुसार आगलागीबाट करिब १६ करोड बराबरको क्षति भएको अनुमान छ । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो । अहिले आंशिक रुपमा आगालागी नियन्त्रणमा आइसकेको उनले बताइन् । अझै आगो निभाउने क्रम जारी छ ।
पानी अभावले आगो निभाउन समस्या भएको थियो ।

२०८१ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित