पोखरा दुर्घटना : अर्थमन्त्री र मेयरको स्वास्थ्यअवस्था बुझ्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पताल

काठमाडौं । शनिवार पोखरामा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको कीर्तिपुर अस्पताल पुगेका छन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यलाई भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ कीर्तिपुर अस्पताल पुगेका हुन् ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =