केबलकार निर्माणको पक्षमा उभिएपछि धरानमा दलियो कालोमोसो

२०८१ फागुन ४ गते

काठमाडौं । ताप्लेजुङ स्थित पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ ।
आइतबार दिउँसो सुनसरीको धरान उपमहानगरपालिका ९ को हङकङ होटेलमा याथ्थुङचुङलुङ केन्द्रिय समितिको पत्रकार सम्मेलनमा मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले मकालुखबरलाई बताए ।
केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।

२०८१ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित