डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
२०८१ फागुन ३ गते

अमरगढी । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् ।
अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।
तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।
२०८१ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








