शान्दार मःम पसल ग्यास विस्फोट घटना : थप एक घाइतेको मृत्यु

काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शान्दार मःममा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो साढे २ बजे उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का २२ वर्षीय प्रदीप तामाङ रहेका छन् ।

हाल उनी काठमाडौं महानगरपालिका–२८ बस्दै आएका थिए ।

उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए ।

अन्य घाइतेको भने उपचार जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =