मोरङमा सोरुमबाट गाडी चोरी, एक जना पक्राउ

काठमाडौँ । मोरङको पूजा इन्टरनेशनल सोरुमबाट गाडी चोरी भएको छ ।

शुक्रवार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित उक्त सोरुममा  गाडी चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्नलाई एक जनालाई पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोष कुमार बिन रहेका छन् ।

आज दिउँसो सुनसरी गढी गाउँपालिका वडा नम्बर ४ स्थित इक्राहीबाट प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

उनले सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर गाडी चोरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार उनी टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर फरार भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =