जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौँ । दाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र प्रसादले ती बालिकालाई सोही गाउँपालिका–४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा
इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रूपन्देही, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका छन् । उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =