महाशिवरात्रि : पशुपतिलाई सजाउन रङरोगन (तस्बिरहरु)

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।

महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा सफाइ लगायतका काम धमाधम भइरहेका छन् ।

महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङ रोगनको काम पनि थालिएको छ । पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र बनाउन थालिएको छ ।

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् ।

यस वर्ष फागुन १४ गते बुधवार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =