१०० बिघामा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम

रौतहट । नेपालमा स्वास्थ्यकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङ (Freshktm Farming) ले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ ।
फ्रेसकेटिएम फार्मिङले रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।
उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै काठमाडौँको रातो पुल, झम्सिँखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउट लेट (Freshktm Outlet) हरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।

एकीकृत कृषि मोडेल : पोषण र कीट नियन्त्रणमा नयाँ दृष्टिकोण
फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन (Integrated Nutrient Management) र एकीकृत कीट व्यवस्थापन (Integrated Pest Management) अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएमका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वास्थ्यकर खानामा पहुँच पु¥याउन मद्दत गरेको छ ।
स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्म जीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्धतिलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरु गरेको न्यौपानेको भनाई छ ।’ जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन्’ न्यौपानेले भने’ जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।’

कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेसकेटिएम फार्ममा रहेका २५० भन्दा बढी भैँसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्म जीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।
ताजा उत्पादनहरू सबै आफ्नै आउट लेटहरूमा
फ्रेसकेटिएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातो पुल, झम्सिखेल र भैंसेपाटीस्थित आउट लेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।

फ्रेसकेटिएमले आउट लेट विस्तार गर्ने
विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउट लेटहरू विस्तार गर्दैछ ।
नयाँ स्थानहरूमा फ्रेसकेटिएम आउट लेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वास्थ्यकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने जनाएको छ ।
विषादी नियन्त्रित तरकारी खेती
रासायनिक मलको प्रयोग न्यून, जैविक मलको प्रयोग तथा वनस्पति विषादीको प्रयोग र अति आवश्यक अवस्थामा रासायनिक विषादीको प्रयोग गरेको तरकारीलाई तुरुन्तै नटिपी मापदण्ड अनुसार टिप्ने गरेको न्यौपानेले बताए ।









