नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
२०८१ फागुन १ गते

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई पराजित गर्दै डा.भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
यद्धपी उनी अध्यक्षमा निर्वाचित भएको आधिकारिक घोषणा गरिएको छैन । आजै साँझ ५ बजे पत्रकार सम्मेलन गरेर भट्टराई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिने छ ।
यसका साथै नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण पनि आजै गरिने नेसपाका एक नेताले जानकारी दिए ।
आइतबारदेखि प्रज्ञा भवनमा नेसपा नयाँ शक्तिको महाधिवेशन सुरु भएको थियो ।
महाधिवेशनबाट निर्वाचनमा गरेर नेसपा (नयाँ शक्ति)को नयाँ नेतृत्व चयन गरिएको हो ।
२०८१ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








