माघ ३० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. माघ ३०, २०८१ ई.सं. 12 Feb, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ सिल्लाथ्व कालयुक्त उत्तरायण शिशिर बुधबार माघ शुक्लपक्ष

तिथि
पूर्णिमा १९:९ बजेसम्म, त्यसपछी प्रतिपदा
नक्षत्र
अश्लेषा १९:४० बजेसम्म, त्यसपछी मघा
योग
सौभाग्य ०८:३४ बजेसम्म, त्यसपछी शोभन
करण
भद्रा ०७:०० बजेसम्म, त्यसपछी वव १९:०९बजेसम्म, त्यसपछी वालव
चन्द्रराशि
कर्कट
आनन्दादि योग
राक्षस
दिनमान
११:६
सूर्योदय
६:४६
सूर्यास्त
१७:५२
पुर्णिमा व्रत, माघस्नान /माघयात्रापुर्ति, सीं पुन्हि, कुम्भे र्क:४७।२१, स्वस्थनीब्रत समप्त, देवघाटमा मकर स्नानमेल समाप्त, झापामा किचकबधमेला, देवघाट-हरिहर क्षेत्रको महा प्रायग्मा १२ बर्षेस्नान मेला समप्त ।
सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र नयाँ सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य र लेखन कलामा सफलता मिल्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। महत्वकांक्षी लक्ष्यहरू प्राप्त गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। खानपानको विशेषमा ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। नयाँ प्रेम प्रसंग प्रारम्भ हुने समय रहेको छ। अविवाहित हुनुहुन्छ भने विवाहको कुरो चल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सम्पत्तिलाई लिएर वादविवाद सुल्झिनेछ। कार्यक्षेत्रमा माताको सहयोग मिल्नेछ। पारिवारिक जिम्मेवारी बढ्नाले कार्य सम्पादनमा बाधा आउनेछ। व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुने योजना सफल हुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोग मिल्ला। राज्य वा प्रशासनिक क्षेत्रबाट योजनाहरूको लाभ मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनलाई सकारात्मक राख्नुहोस् सबै कार्य सहज हुँदै जानेछ। मित्र वा परिवारसँग सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको प्राप्तिले उत्साहित बनाउनेछ। पुरानो मुद्दा मामिलाहरू सुल्झिने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक यात्राको लागि शुभ सूचना मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। कार्यक्षेत्रमा सानातिना कुराहरूलाई वेवास्ता गर्नुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सहयोगीहरूले साथ दिनेछन् साथै शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा बाधा र अर्थ हानि जस्ता समस्यासँग जुध्नुपर्ला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। अध्ययनद्वारा व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामूलुक कामले प्रतिष्ठा दिलाउनेछ। बौद्धिक कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कले गर्दा आर्थिक उन्नति हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ मिल्नेछ। एउटा काम सिध्याएर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रगं केसरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन श्रेष्ठ रहेको छ। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्नसक्छ। विश्वास गरेको व्यक्तिबाट धोका मिल्न सक्छ। सवारी चलाउँदा सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =