केबलकार निर्माण विवाद : मन्त्रीस्तरीय भेटवार्तामा के भयो सहमति ?

काठमाडौं । गृहमन्त्री रमेश लेखक र ‘नो केबलकार’ समूहबीच सोमबार भएको वार्ता सकिएको छ । वार्ता सकारात्मक भएको र तत्कालका लागि आन्दोलन रोकेर निरन्तर वार्ता जारी राख्ने सहमति भएको सांसद उर्मिला थेबेले बताइन् ।

आन्दोलनरत पक्षले थप विरोधका कार्यक्रम स्थगित गर्ने जनाइएको छ । यसअघि सरकारले केबलकार निर्माणको विवाद समाधानका लागि आन्दालनरत पक्षसंग वार्ता गर्न भन्दै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । यस टोलीले समस्याको निकास दिन नसकेपछि मन्त्रीस्तरीय वार्ता भएको हो ।

ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव  एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।

आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा लगायत सहभागि थिए । पछिल्लो समय पाथीभरामा केबलकार निर्माण बन्द हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ ।

केबलकार निर्माणको कार्य अघि बढाइएपछि आन्दोलनरत पक्ष पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *