नेल सहित संसद छिर्न खोजेका सुनार प्रहरी नियन्त्रणमा
२०८१ माघ २८ गते

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई नियन्त्रणमा लिइएको छ ।
नेल लगाएर सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले बताए ।
गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले प्रदर्शन गरिरहेका छन् । अन्तरजातीय विवाह गरेका जोडीमाथि गृहमन्त्री लेखकको निर्देशनमा ज्यादती भएपछि उनी आन्दोलनमा छन् ।
२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








