काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

यहाँको भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । प्रहरी उद्धारकै क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =