छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु

२०८१ माघ २७ गते

एजेन्सी । छत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका छन् ।
बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो ।
“बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएका छन्”, उनीहरूले भने, “मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । त्यस क्षेत्रमा खोजी अभियान जारी छ ।”

२०८१ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित