‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

शिक्षा दीप कलेज विराटनगरद्वारा आज आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी ‘इनोभेसन’लाई व्यवसायीकरण गर्नु राज्यको दायित्व भएको बताए ।

उनले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवन मात्र नभई मानवीय संशाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राखे ।

उनले विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्न सक्ने रोबोटलगायत आविष्कारको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *