टेक्सास विज्ञान र आईटी एक्सपो २०८१ सुरु

काठमाडौं । टेक्सास विज्ञान र आईटी एक्सपो २०८१ सुरु भएको छ । टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा टेक्सास विज्ञान र आईटी एक्सपो २०८१ सुरु भएको हो ।

आज बुधवारबाट सुरु भएको विज्ञान र आईटी एक्सपो माघ २५ गतेसम्म चल्ने छ । विज्ञान र आईटी एक्सपोमा १ सय भन्दा धेरै नवीन परियोजनाहरू अन्वेषण गरिएका छन् । एक्सपोमा विज्ञान र प्रविधिको नवीनतम प्रगतिहरूबारे सहभागीहरूलाई जानकारी गराइएको छ ।

यसका साथै विज्ञान र आईटी एक्सपोमा विभिन्न रोमाञ्चक खेलहरू संलग्न गरिएका छन् । टेक्सास इन्टरनेशनल कलेजले रचनात्मकता, नवीनता, र नयाँ ज्ञान प्रदान गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत यस कलेजले विज्ञान र आईटी एक्सपोको आयोजना गरेको हो ।

एक्सपोमा सहभागी विद्यार्थीहरूले आफूले बनाएका विभिन्न प्रोजेक्टहरू पनि प्रदर्शनी गरिरहेका छन् । टेक्सास इन्टरनेशनल कलेजका विद्यार्थी समराज भट्टराईले आफूहरूले बनाएका प्रोजेक्टहरू आइटी क्षेत्रमा नयाँ रहेको बताए ।

टेक्सास इन्टरनेशनल कलेजका विद्यार्थी विनम नेपालले एक्सपोमा आफूले बनाएका प्रोजेक्ट प्रदर्शनी गराउँदा आइटीमा नयाँ ज्ञान पाएको बताए । उनले अरुले बनाएका सामग्रीबाट पनि आफूले केही सिक्ने मौका पाएको बताए । एक्सपोमा सहभागी विद्यार्थी पिंकी यादवले एक्सपोबाट अतिरिक्त ज्ञान पाएको बताइन् ।

उनले आफू विज्ञानको विद्यार्थी भएकाले यस्तो एक्सपोमा सहभागी हुँदा नयाँ नयाँ कुरा थाहा पाइने सुनाइन् । उनले अन्य कलेजका विद्यार्थीहरूले पनि एक्सपोबाट नयाँ कुरा थाहा पाउन सक्ने बताइन् ।

टेक्सास इन्टरनेशनल कलेजका आइटी डिपार्टमेन्ट प्रमुख कुमार पौड्यालले कक्षा पढाइने विषय बस्तु भन्दा नयाँ कुरा सिकाउन र देखाउन एक्सपोको आयोजना गरिएको बताए । उनले टेक्सास कलेजमा अध्ययनरत ६ हजार विद्यार्थीको सहभागिता रहेको बताए ।

उनले विभिन्न स्टलबाट आइटी र विज्ञानका नवीन परियोजना प्रदर्शनी गरिएको बताए । उनले विद्यार्थीले आफूले बनाएका प्रोजेक्टलाई देखाउनका लागि अवसर दिइएको बताए ।

उनले एक्सपोमा अन्य विद्यालयबाट धेरै विद्यार्थीहरूको सहभागिता भइरहेको बताए । उनले टेक्सास इन्टरनेशनल कलेज अन्य कलेज भन्दा राम्रो र उत्कृष्ट रहेको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *