ट्रम्प भन्छन्- अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
२०८१ माघ २३ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताएका छन् ।
ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा पुनर्वास प्रक्रिया कसरी सञ्चालन गर्ने भन्नेबारे विवरण प्रदान नगरी उक्त टिप्पणी गरेका हुन् । उनले अमेरिकाले गाजापट्टी कब्जा गर्ने र पुनर्विकासको काम गर्ने पनि बताए ।
गाजापट्टी विश्वका मानिसहरूको घर बन्नसक्ने बताए । इजरायल भ्रमण गर्ने र सम्भवतः गाजाको भ्रमण गर्ने योजना रहेको राष्ट्रपति ट्रम्पको भनाई छ ।
२०८१ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








