पाथीभरा केबलकार विवाद : भोलि फेरी बस्ने गरी सकियो बैठक

काठमाडौं । ताप्लेजुङको पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता भोलि(मंगलबार) बस्ने गरी सकिएको छ । छलफल भने सकारात्मक रहेको बताइएको छ ।

मंगलबार पुनः बैठक बस्ने गरी सोमबारको छलफल सकिएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले बताए । आज टुंगोमा पुग्न नसकिएपछि भोलि ११ बजे पुनः वार्ता गरिने उनले बताए ।

आजको छलफलमा तत्कालका लागि केबलकार निर्माण कार्य स्थगित गरिनुपर्ने,अर्को वार्ता समुहलाई स्थगन गर्ने र पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने आफुहरुको माग रहेको उनले बताए । उनका अनुसार यस विषयमा सरकारी वार्ता टोली तयार छैन ।

सरकारले आइतबार मात्रै केबलकार निर्माणको विवाद समाधानका लागि आन्दालनरत पक्षसंग वार्ता गर्न भन्दै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको थियो ।

केबलकार निर्माणको कार्य अघि बढाइएपछि आन्दोलनरत पक्ष पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =